प्राविधिक शिक्षालय तथा विज्ञान संकाय सञ्चालनको लागि : धनधान्यान्चल ज्ञान महायज्ञ

SITENAME

 

कावासोती , कार्तिक १४ 

 

नवलपुर कावासोती–१७ को श्री त्रिभुवन बाल माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको अवसर पारेर धनधान्यान्चल ज्ञान महायज्ञ गर्ने भएको छ । विद्यालय परिसरमा बुधबार  पत्रकार सम्मेलन गरि आगामी मङ्सिर ११ गतेदेखि १९ गतेसम्म विद्यालयका प्रधानाध्यापक दिपकनाथ घिमिरेलेले स्वर्ण महोत्सवको अवसरमा महायज्ञ आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

 

उहांका अनुसार प्राविधिक शिक्षालय तथा विज्ञान संकाय सञ्चालनको पूर्वाधार विकास, विज्ञान र कम्प्युटर प्रयोगशालालाई वैज्ञानिक रुपमा व्यवस्थापन गर्नेलगायतका उद्देश्य राखेर महायज्ञ गर्न लागिएको हो ।

 

विक्रम सम्बत २०२४ सालबाट त्रिभुवन बाल विद्याश्रमको नामबाट स्थापना भएको बिध्यालयले विक्रम सम्बत २०२६ साल मंसिर २६ गतेदेखि बैधानिक रुपमा पठनपाठन सुरु गरेको थियो ।

 

स्वर्ण महोत्सब एवम् धन धान्यान्चल ज्ञान महायज्ञका प्रमुख कार्यक्रम अन्तर्गत मंसिर ११ गते कलश यात्रा, जगतगुरुबाट महायज्ञको उद्घाटन, १२ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट स्वर्णमहोत्सव र स्तम्भ अनावरण गरिने र सोही दिन प्रतिनिधि सभा सदस्य तिलक महतबाट स्मारिका लोकार्पण गर्ने कार्यक्रम रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणि थनेतले जानकारी दिनुभयो ।

 

पत्रकार सम्मेलनमा सहभागी शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोखरेलले विद्यालयको गौरवमय ५० वर्ष पूरा गर्दै स्वर्ण महोत्सव मनाउन लागेकोमा खुसी ब्यक्त गर्दै शिक्षा विकास तथा समन्वय इकाइको तर्फबाट हुने सबै खाले सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।नेपालका प्रथम एतिहासिक जगदगुरु अनन्त श्री बिभुसित श्री बालसन्त मोहनशरण देवाचार्य महाराजश्री प्रमुख वाचकका रुपमा रहनेछन् भने प्रखर भागवत वाचक अच्युतशरण लम्साल शास्त्री वाचकका रुपमा रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

बाघको छाला सहित एक जना पक्राउ ।

  रबिन्द्र यादव नवलपरासी पश्चिम , माघ ७   सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नं ३ मरीमोक होटल भिजिट राराको अगाडि बाट बाघको छाला सहित

SITENAME

त्रिविको १२०० रोपनी जग्गा बाँडचुँड

काठमाडौँ ,पुस २५     २०३३ सालसम्म त्रिभुवन विश्वविद्यालयसँग ३ हजार ७ सय ३ रोपनी ९ आना २ पैसा ४ दाम जग्गा थियो । मुलुककै पहिलो विश्वविद्यालय

SITENAME

माटोबिनै पनि तरकारी फलाउन सफल पौडेल !

  नवलपुर ,पुस १४    रुपन्देहीका किसान ईश्वर पौडेलले गरेको तरकारी खेतीबारे अन्नपूर्णमा प्रकाशित सामग्री अनुसार, माटोबिनै पनि तरकारी फलाउन