कावासोतीको खुल्ला चौरमा नवलपुर कला केन्द्रको कन्सर्ट ।।

SITENAME

 

कावासोती ,कार्तिक १३ 

शुभ दिपावलीको उपलक्ष्यमा लामो समय पछी नवलपुर कला केन्द्र कावासोतीले कन्सर्ट आयोजना गर्ने भएको छ ।  कला केन्द्रले यही कार्तिक १७ गते कावासोती २ को खुल्ल चौरमा एक दिने कन्सर्ट आयोजना गर्न लागीएको जनाएको छ ।

 

कन्सर्टमा नेपालका चर्चित कलाकार तथा ब्याण्डहरुको बेजोड प्रस्तुती रहने र ठाउं ठाउंमा भैरहने मेला महोत्सव, र सांस्कृतिक कार्यक्रम भन्दा विल्कुलै फरक खालको हुने हुदां अहिले दर्शकहरुले दिक।ै रुचाउने अपेक्षा गरिएको कार्यक्रम संयोजक राजकुमार सिग्देल जानकारी दिनु भयो ।

 

 

कार्यक्रममा चर्चित गीत ‘चरी उड्यो बादल छुनलाई’का गायक रवि रिमाल, चर्चित ब्याण्ड डि मर्चा ब्याण्ड, युवा पुस्ताका माझ चर्चित आसिश राणा ‘लाहुरे’ र्यापर, चर्चित गायक रमेश राज भट्टराई, गायिका एन्जिला रेग्मी, डान्सर लुमा थापा आदिको बेजोड प्रस्तुती रहने छ ।

त्यस मध्ये पनि यसपाली नेपालको सांगितिक क्षेत्रमा लगभग दुई दशक काटिसकेका गायक रवि रिमाल र डि मर्चा ब्याण्डले भने संयुक्त रुपमा लाइभ प्रस्तुती गर्ने कुरा ब्याण्डका लिड भोकलिस्ट भाष्कर धोज श्रेष्ठ र गायक रबी रिमालले संयुक्त रुपमा बताएका छन ।

त्यँहा उपस्थित हुने हजारौँ दर्शकलाई आफ्नो लाइभ प्रस्तुती मार्फत मनोरन्जन प्रदान गर्ने र आफु पनि झुम्ने साथै दर्शकलाई पनि झुमाउने श्रेष्ठ  र रिमालले बताउनु भयो । यस्तै गरी चर्चित लाहुरे र्यापर, गायक रमेश राज भट्टराई आदिले पनि दर्शकहरुलाई मनोरन्जन गराउनमा आयोजक टिम ढुक्क रहेकोे छ ।

प्रतिकृया दिनुहोस
SITENAME

बाघको छाला सहित एक जना पक्राउ ।

  रबिन्द्र यादव नवलपरासी पश्चिम , माघ ७   सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नं ३ मरीमोक होटल भिजिट राराको अगाडि बाट बाघको छाला सहित

SITENAME

त्रिविको १२०० रोपनी जग्गा बाँडचुँड

काठमाडौँ ,पुस २५     २०३३ सालसम्म त्रिभुवन विश्वविद्यालयसँग ३ हजार ७ सय ३ रोपनी ९ आना २ पैसा ४ दाम जग्गा थियो । मुलुककै पहिलो विश्वविद्यालय

SITENAME

माटोबिनै पनि तरकारी फलाउन सफल पौडेल !

  नवलपुर ,पुस १४    रुपन्देहीका किसान ईश्वर पौडेलले गरेको तरकारी खेतीबारे अन्नपूर्णमा प्रकाशित सामग्री अनुसार, माटोबिनै पनि तरकारी फलाउन