बर्दघाटको एक फर्निचर उद्योगमा आगलागी

SITENAME

 

नवलपरासी १३ कार्तिक


पश्चिम नवलपरासीको बर्दघाटमा रहेको जय बुद्ध फर्निचर उद्योगमा आगलागी भएर फर्निचर उद्योग पुर्ण रुपले ध्वस्त भएको छ । आगलागीले जय बुद्ध फर्निचर उद्योग बर्दघाटको संचालकले चढ्ने कार पनि उद्योगको कम्पाउन्ड भित्र रहेकोले पुर्ण रुपले जलेर नष्ट भएको हो ।

 

करिब बिहानको ९ बजे तिर जय बुद्ध फर्निचर उद्योगमा लागेको आगोलाई स्थानीय,नेपाल प्रहरी र सशस्त्र प्रहरी मिलेर नियन्त्रण लिन खोज्दा पनि आगोलाई नियन्त्रण लिन नसकेपछि बरुण यन्त्र दम्कललाई खबर गरेपछि करिब एक घण्टा पछी रामग्राम नगरपालिका परासीको दम्कल आएपछी आगो लागेको करिब दुई घण्टा पछी आगो नियन्त्रणमा आएको हो ।


नजिकमा दम्कल नभएको कारणले गर्दा आगोले फर्निचर उद्योगमा बढी क्षति भएको स्थानीयबासीहरुको भनाइ रहेको छ ।आगलागीले जय बुद्ध फर्निचर उद्योगमा रहेको फर्निचर सामग्री,बिधुतिय सामग्री,मेसिनरी औजार र आफुले चढ्ने कार समेत पुर्ण रुपले जलेर नष्ट भै करिब डेढ करोड भन्दा बढी क्षति भएको जय बुद्ध फर्निचर उद्योग बर्दघाटका संचालक राजु पाण्डेले बताउनु भयो ।

 

फर्निचर उद्योगमा आगो के कसरी लागेको भन्ने कुरा पत्ता नलाएको र आगलागी सम्बन्धि अनुसन्धान भैरहेको र क्षतिको ठ्याक्कै एकिन नभएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

तिहारको दोस्रो दिन : कुकुरलाई मीठा मीठा परिकार

नवलपुर कार्तिक २० नेपालीको दोस्रो महान चाड मानिने तिहारको दोस्रो दिन आज घर–घरमा कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर अथवा कुकुरको पुजा गरि

SITENAME

डोल्पाको ठूलोभेरीमा जिप दुर्घटना, १० जनाको मृत्यु २ घाइते

डोल्पा,कार्तिक १९ । डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्इ जनाको जीवितै उद्दार गरिएको छ । सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै

SITENAME

डोल्पाको ठूलोभेरीमा जिप दुर्घटना, १० जनाको मृत्यु २ घाइते

डोल्पा,कार्तिक १९ । डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्इ जनाको जीवितै उद्दार गरिएको छ । सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै