गायक विशाल पौडेलको राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘राष्ट्रप्रेम’ विमोचन

SITENAME

नवलपुर, कात्तिक ११ ।
गीतको आज (शनिबार) वरिष्ठ चलचित्रकर्मी ऋद्विचरण श्रेष्ठले विमोचन गरेका हुन् । राष्ट्रप्रेम विमोचन गर्दे वरिष्ठ चलचित्रकर्मि श्रेष्ठले विशालको राष्ट्रप्रेम गीतले हरेक नेपालीलाई एकताको सुत्रमा बाध्न बल पु¥याउने विश्वास व्यक्त गरे ।
उनले भने, ‘पछिल्लो समय राष्ट्रप्रति समर्पित गीतलाई दर्शक स्रोताले चासो नदिएको हो कि भन्ने आभाष भएको भन्दै राष्ट्रप्रेमी गीतहरुलाई माया गर्नुपर्नेमा जोड दिए ।
उनले पहिले सुन्ने गीत अहिले हेर्ने गीत भएको भन्दै विशालको राष्ट्रप्रेम हेर्ने र सुन्ने दुबै भएकाले यो गीत सबै नेपालीहरुको जिब्रो झुण्डिन सफल हुने धारणा राखे । विशालको आफ्नै शब्द, लय संगीतमा रहेको राष्ट्रप्रेममा गायिका गीता शाहीले साथ दिएकी छिन् ।
गीतको विमोचन कार्यक्रममा बोल्दै गायक विशालले राष्ट्रप्रेम गीत निकाल्न आफुले ठूलो संघर्ष गर्नुपरेको भन्दै दुई वर्षअघि नै अनौपचारिक रुपमा अडियो बाहिर आए पनि यसको भिडियो निर्माणमा आफूले निकै मिहेनत गरेको बताए ।
उनले गीतमा हिमाल, पहाड, तराई जो जहाँ भए पनि सबै नेपाली भएको र राष्ट्रलाई घात प्रतिघात भएको खण्डमा सबै नेपाली एकढिक्का भएर राष्ट्रलाई बचाउन लाग्नुपर्छ भन्ने सन्देश दिन खोजिएको बताए ।
कार्यक्रममा युवा गायक एवम् संगीतकार विशाल ढकाल, भुवन प्यासीलगायत कलाकर्मी एवम् पत्रकारहरुको सहभागिता रहेको थियो । भिडियोमा नवलपुर र चितवन र काठमाडौंका विभिन्न क्षेत्रमा छायांकन गरिएको सो भिडियोमा कलाकार, पेसाकर्मी पत्रकार, व्यवसायीहरुको सामूहिक अभिनय देख्न सकिन्छ ।

 

प्रतिकृया दिनुहोस
SITENAME

आजदेखि श्री स्वस्थानी व्रतकथा प्रारम्भ

माघ ७  पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत सुरु हुने पूर्णिमा। सनातन धर्मावलम्बीहरूले सोमवार श्रीस्वस्थानी व्रत सुरु

SITENAME

 त्रिशूली नदीमा ट्रक खस्यो चालक बेपत्ता

  नवलपुर , माघ ७ चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको ट्रक इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ । आइतबार राति ११ः२५ बजे ना ३ ख

SITENAME

बाघको छाला सहित एक जना पक्राउ ।

  रबिन्द्र यादव नवलपरासी पश्चिम , माघ ७   सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नं ३ मरीमोक होटल भिजिट राराको अगाडि बाट बाघको छाला सहित