राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिताको खेल तालीका सार्वजनिक

SITENAME

नवलपुर, ९ कात्तिक ।


पूर्वी नवलपरासीको कोल्हुवामा राष्ट्रिय स्तरीय राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिताको खेल तालीका सार्वजनिक भएको छ । प्रतियोगितामा नवलपरासी , चितवन, रुपन्देही, कास्की, काडमाण्डौ , पाल्पा मकवानपुर सहितका जिल्लाहरुबाट १२ वटा टिमको सहभागिता रहने आयोजक नन्द भाउजू मध्यवर्ती उपभोक्ता समितिले जनाएको छ ।

 

खेल तालिका अनुसार कात्तिक १५ गते आयोजक र रुपन्देही ११ बिच उद्घाटन खेल हुने  जनाईएको छ । त्यस्तै पहिलो चरणका अन्य खेलहरुमा कात्तिक १६ गते एन.आर.टि र सरस्वती क्लब बिच, कात्तिक १७ गते बिरगञ्ज युथ एकेडेमी र पोखरा ११ बिच, कात्तिक १८ गते च्याशल युवा क्लब र डिभाइन ब्वाइज युनियन काठमाडौँ बिच, कात्तिक १९ गते पुलिस र संकटा बिच र कात्तिक २६ गते अर्मेड पुलिस फोर्स र मनाङ्ग मस्र्याङ्गदी युवा क्लब बिच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ । त्यस्तै दोस्रो चरणको खेल कात्तिक २० गतेबाट सुरु हुने र फइनल खेल कात्तिक २९ गते हुने बताइएको छ ।

 

प्रतियोगिता मध्यविन्दु नगरपालिका–२ कोल्हुवा स्थित राईनो कपको खेल मैदानमा हुने जनाईएकोे छ । 

प्रतिकृया दिनुहोस
SITENAME

आजदेखि श्री स्वस्थानी व्रतकथा प्रारम्भ

माघ ७  पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत सुरु हुने पूर्णिमा। सनातन धर्मावलम्बीहरूले सोमवार श्रीस्वस्थानी व्रत सुरु

SITENAME

 त्रिशूली नदीमा ट्रक खस्यो चालक बेपत्ता

  नवलपुर , माघ ७ चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको ट्रक इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ । आइतबार राति ११ः२५ बजे ना ३ ख

SITENAME

बाघको छाला सहित एक जना पक्राउ ।

  रबिन्द्र यादव नवलपरासी पश्चिम , माघ ७   सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नं ३ मरीमोक होटल भिजिट राराको अगाडि बाट बाघको छाला सहित