जेठाबा को दशैं

SITENAME

लघु कथा

 

लेखक - राजन न्यौपाने

 

 तिमी यो दलान छेउको दुबो सनक्क उखेल,अनि दुबै जना मिलेर माटो थपेर भुइँ सम्याऔला,म बाँस गाड्नलाई डोब बनाउदै गर्छु ,घटस्थापना आइसक्यो,भोलिपल्ट त आइहाल्छन त नातीनातिनाहरु।" एति भन्दै जेठा बा खन्ती बोकेर आगनतिर लागे ।

 

जेठी आमा धमाधम घर सफा गर्ने,दुबो उखेल्ने काममा व्यस्त छिन,५ दिन भैसक्यो बुढाबुढी दुबैलाई भ्याईनभ्याई छ , दशैको तयारी गर्नलाई । काठमाडौबाट कति बेला छोराछोरीका परिवार तथा नातिनातेनाहरु आउछन भनेर उस्तै व्यग्र पनि छन । यसपाली त नाति नातिनाहरुको आग्रह अनुसार २ वटा पिङ्ग हालिदिने तयारीमा जुटेकाछन जेठाबा ! आगनमा दसैंको खसी टाट्नोमा घाँस खादैछ,जेठीआमाले हिजै बेलुकी धानको भुसभित्र केरा हालिसकेकी छिन,पकाउनलाई । चिउराको जोहो अस्ति भैसकेको छ ।

 

" तिरिङ्ग रिङ्ग तिरिङ्ग रिङ्ग "जेठा बाको गोजिको सानो मोबाइल बज्छ, "हलो ! हलो ! को बोलेको रु ए नाति हो, ल ! ल ! भाग्यमानी भएस बाबू ,लु छिटो आवो,पिङ्ग बनाइसके मैले, ह ! के रेरु के भन्छ यो बाबू,किन र बाबू,तेसो नभन न बा,आउ बाबू आउ । के हो त्यो भनेको बाबू , हेलो,हेलो !" हैन कस्ले गरेको हो,कस्लाई बोलाउनु भा हो,मैले त केही बुझिन त बिरेका बा ! जेठी आमाली खुलदुली पोखिन !

 

" नातीले काठमाडौबाट फुन गर्या,उनीहरु दशैमा नआउने रे,उता छोरीका छोराछोरी पनि न आउने रे,बाबुआमाहरु मात्र आएर छिट्टै फर्कने रे,खै के जाती बाईफाई कि के छैन रे यहाँ,त्यो बिना यता टाइमपास गर्न बोर हुन्छ रे ! शिरको टोपि झिकेर अनुहारको पसिना पुछ्दै भुइँमा थ्याच्च बसेर जेठाबाले सुनाए !

प्रतिकृया दिनुहोस
SITENAME

महिला हिसां !! राज्यको मौनता कहिले सम्म ?

मुना दाहाल  नवलपुर ,भाद्र ०९  देशमा यतिखेर महिला हिसां बिरुद्दको आन्दोलनले चर्को रुप लिएको छ । पढन गएकी छारी बलात्कार पछि मृत अवस्थामा फेला

SITENAME

मोबाइलका कुराकानी

राधिका भुसाल  नवलपुर , साउन २७ । मोबाइलअहिलेको समयमा सबैभन्दा उपयोगी र महत्वपूर्ण वस्तु भएको छ । संसारमा अहिले जो कोहि सँग पनि मोबाइल फोन छ ।

SITENAME

आँशु भित्र लुकेको साहस 

राधिका भुसाल  नवलपुर , साउन  २४ । हामी जो कोहीलाई पीडा हुन्छ पीडामा हामी भक्कनीन्छौं , आँखाहरु त्यसै रसायर आउँछन् सायद हामी त्यसैलाई आँशु भन्छौ