पोखरामा ७० वर्षीया वृद्धा बलात्कृत

SITENAME

नवलपुर भाद्र २८

    पोखरामा ७० वर्षीया वृद्धा बलात्कृत भएको उनका आफन्तले दावी गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३१ नहरचोककी वृद्धा बलात्कृत भएको भन्दै पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।राम्रोसँग आँखासमेत देख्न नसक्ने वृद्धालाई छिमेकी ४५ वर्षीय रेवतीरमण पाण्डेले बलात्कार गरेको पीडितको आरोप छ ।

रक्सीले मातेका पाण्डेले बुधबार दिउँसो १ः४५ बजे बलात्कार गरेको बताइएको छ । श्रीमती माइत गएका बेला पाण्डेले बृद्धालाई घरकै कोठामा थुनेर जबरजस्ती गरेको स्थानीयको भनाई छ ।एउटै घरको फरक कोठामा बस्ने पाण्डेले वृद्धाको छोरा सामान किन्न बेगनासताल चोक गएका बेला ढोका थुनेर बलात्कार गर्न थालेको भन्दै स्थानीय एक युवकले वृद्धाकी छोरालाई खबर गरेका थिए । उनको छोरा आउन्जेलसम्म पाण्डे र वृद्धा कोठाभित्रै थिए । भित्रबाट चुकुल लगाइएको थियो ।ति वृद्धाको छोरोले ढोका खोलेर पाण्डेलाई कुट्न थालेपछि पाण्डे उम्केर साइकल लिएर भागेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।पीडित महिला र उनको परिवारले पाण्डेविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् । प्रहरीले यसबारे अनुसन्धान अघि बढाएको छ ।कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन्द्रमान गुरुङले भने, ‘वृद्धा महिलाले म माथी बलात्कार भयो मात्र भन्नुहुन्छ, बलात्कारको प्रयास मात्र भएको हो वा बलात्कार नै भएको हो भन्ने खुलेको छैन ।’

  पाण्डेका आफन्तले भने बलात्कारको अनावश्यक आरोप मात्र लगाइएको दाबी गरेको छ । उनीहरुले पाण्डेलाई उपस्थित गराउने बताएको प्रहरी स्रोत बताउँछ ।प्रहरीले बलात्कार भए(नभएको बुझ्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वृद्धाको स्वास्थ्य परीक्षण गराएको छ । त्यसको रिपोर्ट आइनसकेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

केरलामा बाढी पहिरोमा परि ३ सय २४ जनाको मृत्यु

 भाद्र, २ ।  दक्षिण भारतको केरला राज्यमा  बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या ३ सय २४ पुगेको छ ।  केरलाको कासरगोड बाहेक सबै जिल्लामा 

SITENAME

गैरकानुनी रुपमा बसिरहेकाहरुका लागि युएईमा आममाफी लागू /सम्पर्कमा आउन दूतावासको आग्रह

साउन १६ युएईले विभिन्न कारणले गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई तीन महिनाको आममाफीको समय दिएको छ । आममाफी बुधबारदेखि सुरु भएको छ । अगष्ट १

SITENAME

गाजामा हिंसा भड्कदा ५५ जनाको मृत्यु,२ हजार ७ सय भन्दा धेरै घाईते

जेष्ठ १, २०७५ ईजरेल र प्यालेष्टाईनबीचको सिमा क्षेत्र गाजामा हिंसा भड्कदा ५५ जनाको मृत्यु भएको छ । सन् २०१४ यता भएको सबै भन्दा ठुलो भिडन्तमा २ हजार ७ सय