देवचुलीकोे दुम्कौली स्वास्थ्यकेन्द्रवाट आइ टी सी सेवा सुरु

SITENAME

नवलपुर ,भद्रा २४ ।

नवलपुरका कुपोषण पिडित बालबालिकाहरुले सेवा लिन पाउने भएका छन । जिल्लामा रहेका कुपोषित बालबालिकाहरुले जिल्लाको देवचुलीमा रहेको दुम्कौली स्वास्थ्य प्राथमिक केन्द्रबाट कुपोषणको उपचार पाउने भएका छन । आज अस्पतालमा एक कार्यक्रमको आयोजना गरि आइ टी सी कार्यक्रम सुरु गरिएको छ । एक्सन अगेन हङगरको प्राविधिक सहयोगमा आइतवार बाट कुपोषण भएका बालबालिकाहरुले उपचार लिन पाउने भएका छन । अस्पतालले आइतवार नै अन्तरंग भवन उपचारको कक्षाको समेत उद्घाट गरेको अस्पतालले जनाएको छ । अस्पतालले अब सोहि भवनबाट सेवा प्रदान गर्ने छ । कुपोषणबाट ग्रस्त बनेका २ देखि ३ वटा बालबालिकाहरु अब अस्पतालमा भर्ना हुने गरि उपचार पाउने अस्पतालका डा त्रिभुवन भण्डारीले जानकारी गराउनुभयो । आइतवार देवचुलि नगरपालिकाका नगरप्रमुख पुर्णकुमार श्रेष्ठले सो उपचार कक्षको उद्घाट गर्नु भएको थियो । अस्पताल समितिका अध्यक्ष एकदेव पौडेलको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा अस्पतालका डा त्रिभुवन भण्डारीको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रम डा छविलाल सुवेदीले संञ्चालन गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

रक्तदानका लागी रक्तदाता उत्प्रेरणा सम्बन्धी एकदिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न

 नवलपुर ,भाद्र १६ । नेपालमा अझैपनि बुझाइको कमिका कारण रक्तदाताहरुको सहभागिता कम हुने गरेको शनिबार कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन ।

SITENAME

स्वास्थ्य क्षेत्रमा प्रदेश सरकार गम्भीर रहन्ने सामाजिक विकास मन्त्री पुन

नवलपुर , भाद्र १५  स्वास्थ्यको विषयमा प्रदेश सरकार गम्भिर भएर लाग्ने गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले बताउनुभयो । आज नवलपुरको

SITENAME

गण्डकी प्रदेश आजदेखी पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

पोखरा,भाद्र १३। गण्डकी प्रदेश बुधबारदेखी पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा भएको छ । पोखरामा बुधबार आयोजित एक कार्यक्रममा प्रदेशका मुख्यमन्त्री