रक्तदानका लागी रक्तदाता उत्प्रेरणा सम्बन्धी एकदिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न

SITENAME

 नवलपुर ,भाद्र १६ ।

नेपालमा अझैपनि बुझाइको कमिका कारण रक्तदाताहरुको सहभागिता कम हुने गरेको शनिबार कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोतिको आयोजना तथा नेपाल उद्योग बाणिज्य संघ नवलपुर, कावासोति नगरपालिका, सिजी उद्योग प्राइवेट लिमिटेड तथा शिव माध्यमिक विद्यालय कावासोतिको सहयोगमा आज आयोजना भएको रक्तदानका लागी रतदाता उत्प्रेरणा सम्बन्धी एकदिवसीय अभिमुखिकरण कार्यक्रममा बोल्ने बक्ताहरुहरुले यस्तो बताएका हुन ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोतिका सभापति ऋषीराम कडेलको सभपतित्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समीति नवलपुरका प्रमुख चेसराम आलेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवनका मन्त्री हरि प्रसाद पौडेल उपमन्त्री शालिकराम पौडेल, नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोतिका श्रेयस्कर सदस्य  लोक प्रसाद लामीछाने, सस्थापक अध्यक्ष टिकाराम कडेल, पुर्व अध्यक्ष योग प्रसाद शर्मा रिजाल, विशिष्ट सदस्य नन्दलाल कडेल तथा नवलपुर अस्पतालका प्रवन्धक विष्णु कडेल लगाएत नेपाल रेडक्रस सोसाइटी उपशाखाका पदाधिकारी एव बुद्धिजिवी समाजसेविहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा मुख्य प्रशिक्षकका रुपमा भरतपुर अस्पाताल चितवनका पुर्व प्रमुख मेडिकल सुपरीटेन्डेन्ट प्रा। डा। रुद्र प्रसाद मरासीनि, वरीष्ठ मृगौला रोग विशेषज्ञ प्रा। डा। माधव घिमिरे रहनुभएको थियो ।

कार्यक्रममा बोल्नुहुदै प्रमुख प्रशिक्षक भरतपुर अस्पतालका पुर्व सुपरीटेन्डेन्ट डा। रुद्र प्रसाद मरासीनिले सुत्केरी महीला, नवजात शिशु देखि चोटपटक लागेका विरामीलाइ बढि रगतको आवश्यक रहेको बताउनुहुदै देशैभर रगतको अभाव रहेको बताउनुभयो ।

नवलपुर र चितवनमा बार्षिक सरदर ४० देखि ५० पिन्ट रगतको आवश्यकता हुने गरेको भएपनि मानिसमा बुझाइको कमिले गर्दा सोचेजति रगत सकंलन हुन नसकेको बताउनुभयो ।यसैगरी डा। माधव घिमिरेले एक स्वस्थ्य व्यतिmले ३ । ४ महिनाको अन्तरालमा रगत दिन सक्ने बताउनुहुदै रगत दिएर कमजोर भइन्छ भन्ने भ्रम मात्र रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथी जिल्ला समन्वय समीति नवलपुरका प्रमुख चेसराम आलेले नवलपुरका विरामी रगतको आवश्यक पर्दा चितवन जानुपर्ने बाध्यतालाइ हटाउनको लागी नवलपुरमै व्लड बैंक स्थापना गर्नुपर्ने बताउनुभयो ।

रक्तदान जिवन दान भएकोले पुण्य कमाउन टाढा जानुनपर्ने बताउनुहुदै प्रमुख अतिथी आलेले रक्तदान गरेमा माहा पुण्य प्राप्त हुने भएकोले त्यसै खेर जाने रगत रतmदान गर्न सबैलाइ आग्रह समेत गर्नु भयो  ।नेपाल रेडक्रसा उपशाखा कावासोतिका उपसभापति एव रक्तसंचार उपसीमित सयोजक बेद प्रसाद न्यौपानेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सचालन उपसीमिती सचिव नरनाथ पाण्डेले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

देवचुलीकोे दुम्कौली स्वास्थ्यकेन्द्रवाट आइ टी सी सेवा सुरु

नवलपुर ,भद्रा २४ । नवलपुरका कुपोषण पिडित बालबालिकाहरुले सेवा लिन पाउने भएका छन । जिल्लामा रहेका कुपोषित बालबालिकाहरुले जिल्लाको देवचुलीमा रहेको

SITENAME

स्वास्थ्य क्षेत्रमा प्रदेश सरकार गम्भीर रहन्ने सामाजिक विकास मन्त्री पुन

नवलपुर , भाद्र १५  स्वास्थ्यको विषयमा प्रदेश सरकार गम्भिर भएर लाग्ने गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले बताउनुभयो । आज नवलपुरको

SITENAME

गण्डकी प्रदेश आजदेखी पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

पोखरा,भाद्र १३। गण्डकी प्रदेश बुधबारदेखी पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा भएको छ । पोखरामा बुधबार आयोजित एक कार्यक्रममा प्रदेशका मुख्यमन्त्री