कावासोतीमा बजाजका मेक्सीमा सी अटो  गुड्ने

SITENAME

नवलपुर भाद्र १३।

नवलपरासी पूर्बको सदरमुकाम कावासोती बजारमा पनि बजाजका मेक्सीमा सी अटो  गुड्ने भएका छन् । कावासोतीमा बजाजको आधिकारिक बितरक अल व्हील मोटर्सले बुधबार एक कार्यक्रमका बिच उक्त्त बजाजको मेक्सीमा सी अटो सार्वजनिक गरेको हो । हंसराज हुलासचन्द एन्ड कम्पनीको कावासोतीमा रहेको सोरुम अल व्हील मोटर्स कावासोतीले बुधबार उक्त्त मेक्सीमा सी अटो सार्वजनिक गरीएको हो । अल व्हील मोटर्समा बजाज आरई र मेक्सीमा सी अटो उपलब्ध गराउनुका साथै बजाजका स्पेयर पार्ट्स र एसेसरिजका लागि सहजता प्रदान गर्नेछ । उपभोक्ताहरुको बढ्दो मागले नै सोरुम स्थापना गरिएको र अहिले बजाजको  मेक्सीमा सी अटो कावासोतीमा उपलब्धता भए सगै उपभोक्ताहरु विभिन्न किसिमले लाभान्वित हुने अल व्हील मोटर्स कावासोतीका सञ्चालक राजन सुबेदीले बताए । बुधबार बजाजको  मेक्सीमा सी सार्वजनिक गदै कार्यक्रमका प्रमुख अथिति नवलपुर उद्योग वाणिज्य सँघ नवलपुरका अध्यक्ष डासुराज पोख्रेलले नेपालमा स्वरोजगार सिर्जना गर्नका लागि बजाज आरई र मेक्सीमा सी अटोले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले नेपालमा बजाज आरई र मेक्सीमा सी अटोले आप्रवासी कामदार तथा संघर्षरत रोजगारकर्ताहरुलाई रोजगारीको अवसर सिर्जना गरेको बताए । खासगरी बैदेशिक रोजगारमा जाने चाहना गरेका वा फर्केकाहरुलाई यसले धेरै नै फाइदा पु¥याउने नवलपुर उद्योग वाणिज्य सँघ नवलपुरका अध्यक्ष डासुराज पोख्रेलले बताए । यता अल व्हील मोटर्स कावासोतीका सञ्चालक राजन सुबेदीले बजाज आरई र मेक्सीमा सी अटोमा गरिएको लगानीले यसको पहिलो दिन देखि नै वित्तीय फाइदा प्रदान गर्ने र जसको लागि यसको मुख्य नारा ‘एउटा यस्तो लगानी जसले गर्दछ सुरुको दिन देखि नै आम्दानी’ भन्ने रहेको बताए । बजाज मेक्सीमा सी अटो अरु अटो भन्दा फरक खालको मोडल र ठुलो इन्जिन, ११५ किलो सम्मको भार क्षमता रहेको अल व्हील मोटर्स कावासोतीका सञ्चालक सुबेदीले बताए । बिमा  र यातायात खर्च बाहेक ५ लाख ९९ सय हजार ९ सय रुपैयामा बजाज मेक्सीमा सी अटो पाईने छ ।

प्रतिकृया दिनुहोस
SITENAME

यसरि चढ्यो सौर्यको जहाजमाथि टाटाको टियागो

  काठमाडौं, कार्तिक ०४  –   नेपालमै पहिलो पटक सौर्य एयरलाइन्सको जहाजको वाहिरी भागमा सिप्रदी टे«डिङको विज्ञापन सुरु भएको छ । अटोमोवाइल्स

SITENAME

नयाँ डिजाइनमा पल्सर 

नवलपुर ,भाद्र १  नेपालमा १५० सिसिको पल्सर सबैभन्दा लोकप्रिय भैरहेको बाइकमा पर्छ I पल्सरको डिजाइन र यसको पर्फमेन्सका कारण यो लोकप्रिय बनेको हो I

SITENAME

नेपाली बजारमा टम्बो मोबाइल

नवलपुर, साउन ३० नेपाली बजारमा नयाँ मोबाइल ब्रान्डका रूपमा भारतीय मोबाइल टम्बोको प्रवेश भएको छ । टम्बो मोबाइलले सन् २०१८ को अप्रिलमा पहिलो पटक