महिला हिसां !! राज्यको मौनता कहिले सम्म ?

SITENAME

मुना दाहाल 
नवलपुर ,भाद्र ०९ 

देशमा यतिखेर महिला हिसां बिरुद्दको आन्दोलनले चर्को रुप लिएको छ । पढन गएकी छारी बलात्कार पछि मृत अवस्थामा फेला पर्छे,रजस्वला भएको बहिनी छाउगोठमै मृत्युवरण गर्ने बाध्य बन्छे, जीवनभरी साथ पाउने आशमा जीवन रंगिन बनाइ सपना देख्ने ऑखाहरुलाई कहिले ऑखा नखोलिने गरी बन्द गराइन्छ, आफ्ना नाबलक छोरी छोडेर अब कुनै आमा पधेरामा पानी लिन जान नसक्ने अवस्था श्रृजना बनेको छ । 

 

अझ सम्म कति महिलाले आफ्नो अस्तित्व सहित ज्यान गुमाए त्यसको लेखाजोखा न यो समाजमा छ , न त सरकारसंग  छ । आखिरमा कहिले सम्म महिला भएर जन्मै कै नाउमा बलात्कृत भएर ज्यान गुमाउन बाध्य बन्ने त ! प्रत्येक दिन यौन हिसांबाट कयौ महिला प्रताडित बनेका छन,त्यसको अनुमान लगाउन कसैले सक्दैन ।

 

बोल्न नसक्ने शिशु समेत आफ्नै नरपिचाश बाबुबाट बलात्कृत भएका घटना हाम्रै समाजमा रहेका छन । महिला हिसां बिरुद्दकालागि अभियान धेरै भए पनि खै अहिले सम्म पनि यसले सार्थकता पाउन भने सकेन । यो अभियान, अभियान मै सिमित बनेका छन । कञ्चनपुरको भिमदत्त नगरपालिकामा निर्मला हत्या प्रकरणले यतिखेर देशमा आगो बालेको छ ।

 

यो एउटा प्रतिनिधी घटना मात्रै हो जसले यतिखेर संसद हल्लाएको छ । जसले जिल्लाको प्रमुख जिल्ला अधिकारी मात्र हैन एसपी देखि सिडीओ सम्म परिवर्तन गर्ने राज्य बाध्य बन्यो । यो स्वतस्फुर्त रुपमा सडकमा अन्यायका बिरुद्द उर्लिएको यो आवाजमा राजनितीक अंकुश नलागोस ।

 

यो आन्दोलन  राजनितीकरणको नाममा नतुइयोस  ।ताकि यो समाज महिला हिसां बिरुद्द उर्लियो भने हनुमानको पुच्छरले लंका जलाए जसरी यो बिद्रोहको आगोको लप्काले राज्यको ऐन कानुनलाई समेत जलाउन सक्दो रहेछ  भन्ने उदाहरण हो ।

 

साथीकोमा पढ्न गएकी छोरी बलात्कार पछि मृत अवस्था भेटिएकी निर्मलाको लागि यतिखेर  भिमदत्त नगरपालिकाका बासिन्दा मात्र हैन देशभरिका जनता यतिखेर दोषीलाई कारवाहीको माग राख्दै सडकमा उत्रन पछि पर्देन ।

राज्यको फितलो नियमकानुनको उपज यो आन्दोलन जसले हरेक पटक बलात्कार र हत्या गर्ने आट राखेको छ ,नत्र बानेश्वरमा वलात्कृत भएकी महिलाले न्यायको निम्ती पटक पटक प्रमाण जुटाउनु पर्देन थियो ।

झापामा बलात्कृत भएकी बालिकाको लागि बलात्कार बिरुद्दकी अभियान्ता सावित्री सुवेदीले पेटिकोट लगाएर सडकमा उत्रिनु पर्देन थियो , न त चितवनमा सामुहिक बलात्कृत भएकी युवतीले के न्याय पाइन । ती प्रतिनिधी पात्रले !

बलात्कारीलाई फासीको सजाय हुनु पर्छ भन्दै सडकमा उत्रनेलाई वीच सडकमै लछारपछार गरी उनीहरुकै कपडा च्यात्न पछि नपर्ने राज्य,न्याय खोज्दै राज्यको ढोका ढकढ्क्यान खोज्दा ज्यान नै लिने राज्यबाट अब के आश राख्ने? कहिले सम्म मौन बस्छ राज्य !

के महिला भएर जन्मे कै कारण  अन्याय सहनु पर्ने बाध्यता हो । किन यो राज्यले सक्दैन दिन महिलालाई  निर्धक्क भएर हिडन सक्ने आधार । राज्यको ऐन यस्तो बनोस , महिलामाथि बदनियत राख्ने हरेकले हजारै पटक सोच्न बाध्य बनोस, अनि आमाहरु निर्धक्क भएर साझमा चौतारोमा सुस्ताउन सकुन,अफिस, विद्यालयका  गएका छोरी बुहारी सकुसल घर र्फिकन्छन भन्ने विश्वास हरेक घरपरिवारलाई होस, नाबालक छोरी म नहुदा पनि खुशीले खेलेर हास्दै सुरक्षित छे भन्ने आभास गर्दै हरेक आमाको  मन ढुक्क बन्न सकोस  ।

प्रतिकृया दिनुहोस
SITENAME

जेठाबा को दशैं

लघु कथा   लेखक - राजन न्यौपाने    तिमी यो दलान छेउको दुबो सनक्क उखेल,अनि दुबै जना मिलेर माटो थपेर भुइँ सम्याऔला,म बाँस गाड्नलाई डोब बनाउदै

SITENAME

मोबाइलका कुराकानी

राधिका भुसाल  नवलपुर , साउन २७ । मोबाइलअहिलेको समयमा सबैभन्दा उपयोगी र महत्वपूर्ण वस्तु भएको छ । संसारमा अहिले जो कोहि सँग पनि मोबाइल फोन छ ।

SITENAME

आँशु भित्र लुकेको साहस 

राधिका भुसाल  नवलपुर , साउन  २४ । हामी जो कोहीलाई पीडा हुन्छ पीडामा हामी भक्कनीन्छौं , आँखाहरु त्यसै रसायर आउँछन् सायद हामी त्यसैलाई आँशु भन्छौ