मोबाइलका कुराकानी

SITENAME

राधिका भुसाल 
नवलपुर , साउन २७ ।
मोबाइलअहिलेको समयमा सबैभन्दा उपयोगी र महत्वपूर्ण वस्तु भएको छ । संसारमा अहिले जो कोहि सँग पनि मोबाइल फोन छ । पहिलेको समयमा एक ठाउँबाट अर्को ठाउँमा सन्देश पठाउन चिठ्ठी लेख्ने ,इतिहास त्यति सजिलो थिएन सूचना प्रवहाको लागी हामीले चरालाई सन्देश पठाउन प्रयोग गर्ने,टेलिगा्रमको प्रयोग गर्ने गरिन्थ्यो । केहि समय पछि टेलिफोनको विकास भयो जसलाई हामी ल्याण्डलाइन पनि भन्ने गछौ जसको प्रयोगले देश विदेशमा पनि सम्पर्क गर्न सकिने भयो । 


विज्ञान र प्रविधिको विकासले मोबाइल फोनको आविष्कार भयो जसले गर्दा पछिल्लो समय सबैको हातहातमा मोबाइलफोन पुग्यो । यतिखेर मनोरञ्जनको सबैभन्दा सजिलो माध्यम मोबाइल बनेको छ । मोबाइल यस्तो चिजहो जुन व्यक्तिसँग चौबिसै घण्टा हुने गर्दछ । आज मोबाइल मानिसको लागि नभई नहुने भइसकेको छ ,जुन मानिसले चाहेर पनि छोड्न सक्दैंन । 

 

मोबाइलले यो संसारलाई साच्चैनै सानो बनाएको छ । मोबाइका फाइदा र बेफाइदा दुवै छन् । यसको सहि सदुपयोग गर्ने हो भने मोबाइलले हामीलाई अत्तिनै महत्वपूर्ण जानकारी दिनुका साथै सिकाइको प्रक्रियालाई सहज बनाएको छ तर यसको दुरुपयोगले समाजमा धेरै असर पुर्याएको हामी देख्न र सुन्न सक्छौ । 


नेपालमा मोबाइलको प्रयोग  :  नेपालमा पुग नपुग दुई दशकदेखि मोबाइलको प्रयोग भएको छ ।ठूला भनिएका शहरहरुमा मोबाइलको सुबिधा थियो । नेपाल टेलिकमलले वितरण गर्ने सिम कार्ड खरिदका लागी हजारौ रुपैया धरौटि राखनुपथ्र्याे । मोबाइल सेट नेपालमा सर्वशुलभ रुपमा पाइदैनथ्यो। एकताका यस्तो पनि चर्चा सुनिन्थ्यो मोबाइलफोन हुने खानेहरुका लागी मात्र हो । मोबाइलबाट इन्टरनेट चलाउने कुरा त सपना जस्तै थियो  । तर समय बदलिन समय लागेन वि सं २०६२/६३ देखी नेपाली समाजमा प्रविधिले छलाङ मार्यो । हुने खानेहरुको आवश्यक्ता बनेको मोबाइल हुदा खानेहरुको  पनि आवश्यकता बन्यो । नेपाल टेलिकमको एकाअधिकार बनेको मोबाइल बजारमा अरु सेवा प्रदायक पनि थपिए मोबाइल सेवामा प्रतिस्प्रधाको युग सुरु भयो । हजारौ धरौटि राख्नु पर्ने बाध्यता हट्यो । अहिले १००/५० रुपैयामा सजिलै सिम पाइन्छ १५०० देखी लाखौ रुपैयाका मोबाइल सेट पाइन्छ ।  

                                      मोबाइलका केहि फाइदाहरुः 
कुराकानीको सजिलो माध्यम मोबाइल : टाढा टाढामा रहेका व्यक्तिसँग कुराकानी गर्ने साना देखी ठुला सबैले प्रयोग गर्ने गर्छन मोबाइल । बाटोमा केहि अप्ठारो पर्यो भने मोबाइलको प्रयोगले सम्पर्क सकिन्छ । 

मोबाइल मल्टीटास्किंग हो : मोबाइल कुराकानी गर्नको लागी मात्र होइन ,मोबाइल हरेक ठाउँमा प्रयोग गरिन्छ । मोबाइललाई अलार्म घडि , राम्रा राम्राफोटो खिच्न, भिडियो बनाउन,गेम खेल्न मेल पढाउनको लागी प्रयोग गर्न सकिन्छ । मोबाइललाई  सानो कप्युटर नै भनिन्छ । एफएम ,म्यूजिक सुन्न,फिल्महेर्न सबै कुरामा प्रयोग गरिन्छ मोबाइल।

ज्ञान बढाउन : पहिले पहिलेको समयमा केहि कुरा सिक्नको लागिकि त शिक्षकसँगनै सोध्नु पथ्र्यो किआफुभन्दाअग्रजव्यक्तिअथवाकिताब नै पढ्नु पथ्यो तर मोबाइलको आविष्कार सँगै हरेक कुरा , हरेक समस्याको समाधान सजिलै  गुगलमा भेट्न सकिन्छ । मोबाइलमा इन्टरनेटको माध्यमबाट हरेक ठाउँको न्यूज ,खबर थाहापाउन सकिन्छ । आजकल बच्चाहरु पनि किताब भन्दा धेरै मोबाइल खेल्छन् । पढाइमा केहि समस्याभयो भने साथीलाई फोन गरेर सोध्ने ,प्रत्क्षय  कुराकानीगर्ने गर्छन् ।

- मोबाइल छ त सबै छ : विहान अलार्मको माध्यबाट तपाईलाई उठाउँछ मोबाइलले ,केहि कुरा सम्झनको लागी यसमा रिमाइन्डर प्रयोग गर्न सकिन्छ जसको माध्यबाट महत्वपूर्ण कुरालाई सेभ गरेर राख्न सकिन्छ ,फोटो सेभगर्न , क्यालकुलेटरको प्रयोग गर्न पनि मोबाइलकोे प्रयोग गरिन्छ । रेडियोको लागि रेकडरको काम पनि मोबाइलले गर्छ । मोबाइल एपलिकेशनको सहयोगमा बैकं अकाउन्ट हेर्न , अफिस घरमा सि सि टि भि क्यामेरको प्रयोगले त्यसको फुटेज हेर्न पनि मोबाइलको प्रयोग हुन्छ । साथिसँगम्यासेज ,जोक्स ,भिडियो पढाउने गरीन्छ जस्ले आजकल मानिसलाई थोरै भए पनि खुसी हुने बहाना दिएका छन् ।यदि तपाई सँग मोबाइल छ त तपाईसँग सबै कुरा छ ।


                       मेबाइलका फाइदा सँगै यसका बेफाइदा पनि छन् 


- मोबाइलले ध्यान भट्काउँछ : मोबाइल चलाउन थाले पछि बच्चा देखि बुढा सम्मको ध्यान मोबाइलमै हुन्छ । विद्यार्थी जिवनमा त यो सबै भन्दा खतरनाक बनेको छ । इन्टरनेको माध्यमले दिनभर गेम खेल्ने भिडियो हेर्न गर्छन् जस्ले गर्दा मोबाइल बाहेक अरु कुरामा ध्यान लगाउन सक्दैनन् । बाहिर गएर साथिसँग खेल्न भन्दा मोबाइलमै रमाउँछन् , उनीहरुलाई बानि जो परि सक्यो । यो एकदमै खराब बानि हो यो बानीबाट  बालबालिकालाई जोगाउन जरुरी छ ।

- स्वाथ्यमा असर : लगातार मोबाइलको प्रयागले आँखामा समस्या देखीन्छ ।आजकल हामी देख्न सक्छौ सानो सानो बालबालिहरुले चश्माको प्रयोग गर्छन् यो सब एक टक्क  भएर मोबाइलमा गेम खेल्ने , भिडियो हेर्ने गरेको  नतिजा मात्र हो । एक सर्वेेकाअनुसार मोबाइलबाट निकालिएको किरणले शरीरमा  घातक रोग लाग्ने जनाएको छ । हामीले समाचारमा सुनेका छौ , पढेका छौ आजकल मोबाइल पड्किएर धेरै मानिसको ज्यान गएको छ । 
- समयको दुरुपयोग : मोबाइल आवश्यकता भन्दा बढि प्रयोग हुनथालेको छ ।  यो हाम्रो लागी नशा जस्तै हुन थालेको छ । दिनभर मोबाइल चलाउनाले बच्चाको पढाइमा असर पुर्याउछ ,आफ्नो कामकाज छोडेर मोबाइलको संसारमा नै मान्छे भुल्ने गर्छन् जस्ले गर्दा समयको बर्बाद भएको हुन्छ । राती सम्म मोबाइलको प्रयोग गर्नाले निन्द्रामा असर पुर्याउने , शरीरमा स्फुर्ति घटाउने र मानिसक समस्याहरु देखा पर्न सक्छ । 

- आफ्न्त सँग टाढा बनाउने पनि मोबाइल नै हो : निरन्तर मोबाइलको प्रयोग गर्दा आजकल मानिसहरु  आफ्नै परीवारसँग टाढा हुनथालेका छन् । दिनभरी आफ्नो काममा व्यस्त हुन्छन् साँझ द्यर फर्किएपछि मोबाइल हातमा लिन्छन् परिवारसँग बसेर पनि उनिहरु आफ्नै दुनियामा हराएका हुन्छन् ।मोबाइलले बाहिरको संसारसँग त जोड्छ तर आफ्नो परिवार नजिकको संसार सँग टाढा बनाउँछ । मानिसलले परिवारलाई समय दिन जरुरी सम्झंनन तर यो अतिनै आवश्यक छ ।  


मोबाइलमा धेरै खराब कुराहरु हुने गर्छन् ,जनु कुराहरुलाई बालबालिबाट टाढा राख्नु पदर्छ । आजकल सानो उमेरका सँग पनि मोबाइल हुने गर्छ जस्ले गर्दा उनिहरु खराब कुराहरुमा बढि आकर्षित हुने गर्छन्  । त्यसैले सर्वप्रथमअहिलेको समयमाअभिभावक सबैभन्दा बढि चनाखो भई आफै पनि मोबाइलको कम प्रयोग गरी बालबालिकालाई मोबाइलतिर भन्दा बढि बाहिरी क्रियाकलापमा संलग्न  गराउन जरुरी छ ।मोबाइलको सहि सदुप्रयोग गरौ मोबाइलबाट हुने साइबर अपराधबाट तपाई हामी सबै संयमित हुनुपर्छ । साइबर अपराधका घटना बालबालिकामाथि बढि द्यट्ने हुदाँ संवेदनशील बनौं । रचनात्मक सीपमा मोबाइलको प्रयोग गरौं गलत अनावश्यक गतिविधि बन्द गरौं ।

प्रतिकृया दिनुहोस
SITENAME

जेठाबा को दशैं

लघु कथा   लेखक - राजन न्यौपाने    तिमी यो दलान छेउको दुबो सनक्क उखेल,अनि दुबै जना मिलेर माटो थपेर भुइँ सम्याऔला,म बाँस गाड्नलाई डोब बनाउदै

SITENAME

महिला हिसां !! राज्यको मौनता कहिले सम्म ?

मुना दाहाल  नवलपुर ,भाद्र ०९  देशमा यतिखेर महिला हिसां बिरुद्दको आन्दोलनले चर्को रुप लिएको छ । पढन गएकी छारी बलात्कार पछि मृत अवस्थामा फेला

SITENAME

आँशु भित्र लुकेको साहस 

राधिका भुसाल  नवलपुर , साउन  २४ । हामी जो कोहीलाई पीडा हुन्छ पीडामा हामी भक्कनीन्छौं , आँखाहरु त्यसै रसायर आउँछन् सायद हामी त्यसैलाई आँशु भन्छौ