आँशु भित्र लुकेको साहस 

SITENAME

राधिका भुसाल 
नवलपुर , साउन  २४ ।

हामी जो कोहीलाई पीडा हुन्छ पीडामा हामी भक्कनीन्छौं , आँखाहरु त्यसै रसायर आउँछन् सायद हामी त्यसैलाई आँशु भन्छौ । कहिलेकाहिं यस्तो लाग्छ यो आँशु नहँुदो हो त जिन्दगी कति सुखी हुँदो हो । हुन त म आँशुलाई मानवीय संवेदनासँग जोड्छु सायद हामीले त्यत्तिकै  पनि आँशु खसालेका हुन्छौं । त्यो  आँशु हाम्रो जीवनको लागी कमजोर  सावित नै हुन्छ त ! कोहीले परीवारको महत्वपूर्ण सदस्य गुमाउँदा कत्ति आँशु खस्ला ? तर केही गरे पनि भन्न सकिदैंन अवेक्त आँशुको कथा ।

जब जब हामी कमजोर बन्न थाल्छौं आँशु जिन्दगीमा हाबी भएर आउँदो रहेछ । थाहा छैन समाजले आँशुलाई कसरी मूल्याकन गर्छ । एउटा सामान्या परिवारले आफ्नो सन्तानको इच्छा आकङ्छा पुरा गर्न नसक्दा के त्यो परिवारमा आँशुले साहास बदल्न सक्छ ,के त्यो परिवार खुसी देखाएर हास्न सक्छ । हामी दिन सक्छौ त केवल सान्तोना ।

सान्तोनाले थम थमउँदा अलि कति आँशुको मूल्य थाहा हुँदो रहेछ । जब जब जिवनमा असहज र अप्ठारो दिनहरु आउँछन् विगतका खुसीहरु सम्झनु बाहेका अरु केहि विकल्प रहदैंन । सायद यहिबेला हुन्छ आँशु हाबी हाम्रो जिवनमा विगत पनि तितो भएर आउँछ सम्हाली नसक्नु हुनछ । खै कँहा निर भेटिन्छ साहस पत्तै हुदैंन । मलाई लाग्छ जिवनमा अहिले अध्यारो छ ।अध्यारोलाई हटाएर खुसी हुन खोजे पनि मन कहाँ मान्दो रहेछ र । सायद विगतको खुसी हाबी भएर अनायासै आँशु बग्छ ।

मानीसको जिवनमा सान्तोना यति धेरै शक्तिशाली हुन्छ कि थोरै भए पनि पिडा कम बनाउँछ जिवन जिउने थोरै भएपनि प्रेरण दिन्छ । तर जब सान्तोनाको समय अवधि सकिन्छ जिवनमा अध्यारो बाटो बाहेक अरु केही पनि भेटिदैंन सायद यहि बेल धेरै आँशु झर्छ ।

जिवनमा अब कहिल्यै खुसी हुन नसके पनि , देखेका सपना पूरा गर्न आँशुले पक्का जिम्मेवार बनाउँछ । जब आँशु झर्न थाल्छ एक मनले सोच्छ प्रत्येक रुवाइहरुमा साहास भरीनु पर्छ । त्यसैले आफूलाई कमजोर हतियारको रुपमा होइन जिवन जिउने बलियो आधारको रुपमा लिन पर्दे रहेछ । हामीलाई पिडा छ , अप्ठारो छ तर हामी भित्र जिवन जिउने साहास पनि छ । आँशु भित्र लुकेको कमजोरीलाई निर्मुल पार्न साहास निकाल्नु पर्छ ।

आँशु कमजोरीको संकेत होइन यो त जिवनका लागी एउटा मार्गदर्शक हो । आफ्ना सपनाहरुलाई पूरा गर्न झक् झकाउने एउटा दरिलो माध्यम हो । आँशु बगाउनुहोस् मन खोलेर बगाउनुहोस् र कमजोरीलाई आँशु भित्रै बगाउनुहोस् अनि बल्ल आफूले आफूलाई जिवनमा भव्य प्रेम गर्न सकिन्छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

जेठाबा को दशैं

लघु कथा   लेखक - राजन न्यौपाने    तिमी यो दलान छेउको दुबो सनक्क उखेल,अनि दुबै जना मिलेर माटो थपेर भुइँ सम्याऔला,म बाँस गाड्नलाई डोब बनाउदै

SITENAME

महिला हिसां !! राज्यको मौनता कहिले सम्म ?

मुना दाहाल  नवलपुर ,भाद्र ०९  देशमा यतिखेर महिला हिसां बिरुद्दको आन्दोलनले चर्को रुप लिएको छ । पढन गएकी छारी बलात्कार पछि मृत अवस्थामा फेला

SITENAME

मोबाइलका कुराकानी

राधिका भुसाल  नवलपुर , साउन २७ । मोबाइलअहिलेको समयमा सबैभन्दा उपयोगी र महत्वपूर्ण वस्तु भएको छ । संसारमा अहिले जो कोहि सँग पनि मोबाइल फोन छ ।